बिहीबार, वैशाख १३, २०८१

एमाले विद्यार्थी नेताको हत्या आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

मेरोन्यूज २०७९ मंसिर १५ गते १५:२२

बाजुरा । जिल्लामा विद्यार्थी नेता चेतन अयडीको हत्या आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

जिल्लाको त्रिवेणी नगरपालिका ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई हत्या आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार वडाध्यक्ष अयडीसँगै प्रहरीले अहिलेसम्म तीन जनालाई पक्राउ गरेको छ ।

मृतकका आफन्तले हत्यामा संलग्नको आरोप लगाउँदै वडाध्यक्षसहित २२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । ती २२ जनामध्ये प्रहरीले वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको हो ।

मंसिर ४ गतेको निर्वाचनपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्व विद्यालय अध्यक्ष अयडीको हत्या भएको थियो ।

प्रतिक्रिया