शुक्रबार, वैशाख ७, २०८१

दोलखामा कांग्रेस उम्मेदवार कुन्दन काफ्ले चडेको गाडी तोडफोड

मेरोन्यूज २०७९ मंसिर १५ गते १४:३०

दोलखा । दोलखाका १० वटा मतदान केन्द्रमा आज मतदान भईरहेको छ । गत ४ मंसिरमा सम्पन्न भएको चुनावमा धाँधली गरेको आरोप एमाले पक्षले लगाएपछि दोलखाका केही मतदान केन्द्रमा दोहोराएर आज मतदान भईरहेको छ ।

जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोसी गाउँपालिका-३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान जारी छ ।

त्यही मतदान केन्द्रमा जाँदै गरेका कांग्रेसका प्रदेश उम्मेदवार कुन्दन काफ्लेको गाडीमा तोडफोड भएको हो ।

काफले चढेको बा २ च १८२९ नम्बरको गाडीमा र्बैतेश्वर २ मतदान केन्द्र अगाडी तोडफोड भएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया