बुधबार, वैशाख १२, २०८१

जितेर पनि बाहिरियो मेक्सिको, पोल्याण्ड नकआउट चरणमा

मेरोन्यूज २०७९ मंसिर १५ गते २:५५

काठमाडौं । कतारमा जारी विश्कप फुटवमा समुह सी बाट पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यो समुहबाट अर्जेन्टिना समुह बिजेता बनेर नकआउट चरणमा पुगेको छ ।

बुधबार भएको खेलमा पोल्याण्डलाई २–० ले हराउँदै अर्जेन्टिनाले माथिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको हो। अर्जेन्टिनाले समूह चरणका दुई खेलमा जित हात पार्दै ६ अंक सहित विजेता बनेको हो ।

अर्जेन्टिनासँग हारेपनि पोल्याण्ड पनि नकआउट चरणमा पुगेको छ । तर समुह सी मै रहेको मेक्सिकोले साउदी अरेवियालाई बुधबार नै सोही समयमा भएको खेलमा पराजित गरेपनि नकआउटमा पुग्न सकेन ।

तीन खेलबाट ४ अंक हात पारेको पोल्याण्ड समूहको उपविजेताको रुपमा माथिल्लो चरणमा पुगेको छ।

यद्यपि समान ४ अंक हात पारेको मेक्सिको भने समूह चरणबाटै बाहिरिएको छ।

क्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो । साउदी अरेविया र मेक्सिको समुह सी बाट वाहिरिएका छन् ।

प्रतिक्रिया