बिहीबार, वैशाख १३, २०८१

नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७९ मंसिर १४ गते १९:४०

काठमाडौं / नेपालमा आज थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ४ सय ५४ पिसिआर परिक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप ३० संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ७८ सक्रिय सक्रमित आइशोलेशनमा रहेका छन् ।

प्रतिक्रिया