शनिबार, वैशाख ८, २०८१

मधेस प्रदेश सरकारका तीन मन्त्री पराजित

मेरोन्यूज २०७९ मंसिर १३ गते २१:०३

जनकपुर । मधेस प्रदेश सरकारका तीन जना मन्त्री चुनावमा पराजित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।

मुख्यमन्त्रीसहित चार जना मन्त्री भने पुनः निर्वाचित भएका छन् । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधनप्रसाद महतो पराजित भएका हुन् ।

सप्तरी क्षेत्र नम्बर २ ९१० बाट चुनाव लड्नुभएका अर्थमन्त्री साह जनमत पार्टीका सतिशकुमार सिंहसँग पराजित भएका हुन् । सिरहाको क्षेत्र नम्बर २ ९१० बाट चुनाव लडेका कृषिमन्त्री यादवलाई जनमत पार्टीकै सञ्जयकुमार यादवले पराजित गरेका हुन् । यस्तै उद्योगमन्त्री महतोलाई नेकपा ९एमाले०का हरिनारायण महतोले पराजित गरेका छन् ।

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित हुँदा मुख्यमन्त्री लालबाबु राउत पर्सा क्षेत्र नम्बर १ (२) बाट, कानून न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादव सिरहा क्षेत्र नम्बर ३ (२) बाट र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्बर १ (२) बाट पुनः निर्वाचित भएका छन् ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह भने सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया