शुक्रबार, वैशाख ७, २०८१

कांग्रेसका ज्ञानेन्द्रवहादुर कार्कीले बनाए २०२ को मतान्तर

मेरोन्यूज २०७९ मंसिर १३ गते २०:२०

सुनसरी । सुनसरी ४ को रोकिएको मतगणना मंगलबार दिउँसोबाट फेरि शुरु भएको छ । जारी मतगणनामा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् । गएको शनिबारदेखि मतगणना रोकिएको थियो ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २४ हजार १२८ मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ९ सय २६ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर २०२ को रहेको छ । त्यस क्षेत्रमा अझै १८ हजार मत गन्न बाँकी छ । मतगणना निरन्तर जारी रहे भोलि साँझसम्म परिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया