मंगलबार, वैशाख ४, २०८१

प्रतिनिधिसभा समानुपातिकतर्फ कसको मत कति ?

मेरोन्यूज २०७९ मंसिर १३ गते ७:३२

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। मंगलबार बिहान ७ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ६ क्षेत्रको मतपरिणाम आउन बाँकी छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९५ लाख ३६ हजार ९५१ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।
एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत प्राप्त गरेर दोस्रो स्थानमा छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख ९४ हजार ६०६ मतका साथ तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६३५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५० हजार ३५० मत पाएको छ ।

जनता समाजवादी पार्टी, नेपालले ३ लाख ५४ हजार २५२ मत र जनमत पार्टी २ लाख ९४ हजार ४३५ प्राप्त गर्दै राष्ट्रिय दल बन्न सफल बन्दा नेकपा एकीकृत समाजवादी २ लाख ६३ हजार ६०९ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २१५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३६ हजार ३६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।

प्रतिक्रिया