शुक्रबार, वैशाख १४, २०८१

मतदाता बोकेको जीप खस्दा छ जनाको मृत्यु, आठ घाइते

मेरोन्यूज २०७९ मंसिर १२ गते १६:४१

काठमाडौँ । मतदाता बोकेका एक जीप पाकिस्तान नियन्त्रित काश्मिर (पीओके)को नीलम उपत्यकामा नालीमा खस्दा छ जनाको मृत्यु भएको छ । घटनामा आठ जना घाइते भएको डन पत्रिका जनाएको छ ।

घटनामा मृत्यु हुनेमा छ जना महिला रहेका स्थानीय प्रहरीले जनाएको छ । दुधनियालको छारी इलाकामा आइतबार दिउँसो करिब साढे १२ बजे जीप तीन सय फिट गहिरो नालीमा खसेको हो ।

जीपले आफ्नो क्षमताभन्दा धेरै मानिस बोकेको समाचारमा जनाइएको छ । दुर्घटना घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । यात्रुहरु निलम खोलाको छेउमा रहेको ठाण्डा पानी गाउँका बासिन्दा रहेका र नजिकैको मतदान केन्द्रमा आएका थिए ।

घाइतेलाई दुधनियाल आधारभूत स्वास्थ्य इकाईमा उपचार गरिएको छ । पाँच जना गम्भीर घाइते भएकाले थप उपचारका लागि मुजफ्फराबाद पठाइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया