शनिबार, वैशाख ८, २०८१

झलनाथ खनाल आफ्नै पूर्व कार्यकर्ताबाट पराजित हुने निश्चित

मेरोन्यूज २०७९ मंसिर ११ गते १५:०७

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजय हुने भएको छ । इलाम १ को मत गणना अन्तिम चरणमा पुग्न लाग्दा खनाल पराजित नजिक पुगेका हुन् ।

उनी नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २५ सय मतले पछाडि छन् । खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँगको प्रतिस्पर्धामा पछि पर्दै आएका थिए ।

पछिल्लो गणनाअनुसार बस्नेत २४ हजार ३०४ मतसहित अगाडि रहेका छन् । यस्तै, खनाल २१ हजार ८०२ मत ल्याउँदै पछ्याइरहेका छन् ।

कुल ५९ हजार ९०६ मत खसेको उक्त क्षेत्रमा ५६ हजार ४९२ मत गणना भइसकेको छ ।

प्रतिक्रिया