सोमबार, माघ २३, २०७९

रामचन्द्र पौडेल भावी सरकारको नेतृत्वको दौडमा,गगन थापा रोक्ने दाउँमा

मेरोन्यूज २०७९ मंसिर ११ गते ९:४५

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन् । शनिवार दिउँसो रामचन्द्रले नेता विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरेका थिए । शनिवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका नेतृत्वका विषयमा छलफल हुन् । पौडेल तनहुँ १ बाट निर्वाचित भई काठमाडौं आएका रामचन्द्र भावी सरकारको नेतृत्वका लागि भेटघाट र छलफल अघि बढाएका छन् ।

पौडेल निकट एक नेताले सरकारको नेतृत्वका विषयमा छलफल भएको बताए । कांग्रेसमा नयाँ सरकारको नेतृत्वको चाहना पार्टीभित्र सभापति देउवा, महामन्त्री थापा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा शशांक कोइराला आकांक्षी देखिएका छन् ।
पौडेल समुहकै एक नेताका अनुसार महामन्त्री गगन जीले संसदीय दलको नेता दाबी गर्ने भनिरहदाँ त्यसको दवाब देउवामा पनि परेको छ । यदि गगनजीले दाबी गर्दा देउवाले रामचन्द्र दाईलाई अगाडी बढाउँने सम्भावना रहेको दाबी गरे ।

तर देउवा समुहका एक नेताका अनुसार संसदीय दलको नेतामा सकेसम्म प्रधानमन्त्री देउवाले आफै दाबी गर्ने यदि कुनै विकल्प नदेखिएको खण्डमा मात्र आफ्नो समुहका युवालाई अगाडी बढाउँने ति नेताले बताए ।

ति नेताले भने, ‘शेरबहादुर दाईले आफु संसदीयको नेता उम्मेदवारी दिदाँ बिमलेन्द्र दाईलाई पनि आफुसँगै राख्नुहुन्छ ।’
चुनावी नतिजा आउँने क्रम जारी छ । कांग्रेसमा संसदीय दलको नेता हुन आफ्नो बहमुत पुर्याउँन नेताहरु कसरत सुरु गरेका छन् । महामन्त्री गगनले आफु जसरी संसदीय दलको नेता हुन नी आफुलाई प्रस्तुत गर्ने बताउँदै आएका छन् । कांग्रेसमा पनि युवा नेतृत्व आउँनुपर्ने आवाज उठ्न थालेको छ ।

यता, शनिबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको थियो । गठबन्धनकै सरकारलाई निरन्तरता दिने दुई नेताबीच सहमति बनेको थियो । साथै, सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक छिट्टै बोलाउने दुई नेताले निर्णय गरेका थिए । यो समाचार तयार पर्दा अहिलेसम्म कांग्रेसले प्रत्यक्ष तर्फ ५३ सिटमा जितेको छ भने ३ क्षेत्रमा अग्रता लिइरहेको छ ।

आयोगले निकालेको पछिल्लो तथ्यांक अनुसार कांग्रेसले समानुपातिकतर्फ कांग्रेसले २१ लाख ९१ हजार ३८२ मत पाएको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धन झिनो बहुमतले अघि बढेको छ । अब यो पाँच दलिय गठबन्धन अघि बढ्छ कि नयाँ शिराबाट अघि बढ्छ त्यो भने पुर्ण नतिजा नआउँदासम्म भन्न सकिने स्थिति छैन् ।

प्रतिक्रिया