आइतबार, जेठ २०, २०८१

नैतिक जिम्मेवारी लिँदै माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा

मेरोन्यूज २०७९ मंसिर १० गते १४:५६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् । बराल माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदारसमेत थिए ।

Advertisement

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्नसमेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

अध्यक्ष पदमा नरहे पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने र सहिदको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण विज्ञप्तिमा उल्लेख छ । उनले विविध कमी कमजोरीका बाबजुद गठबन्धन सामान्यतः सफल भएको समेत उल्लेख गरेका छन् ।

०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा १९ सिट जितेको थियो । यसपटक कांग्रेससहितको सत्ता गठबन्धनमा रहँदा माओवादी केन्द्रले पाँच सिट मात्र जितेको छ ।

प्रतिक्रिया