शुक्रबार, मंसिर १६, २०७९

पूर्व सहकर्मीभन्दा मेटमणिलाई पाँच हजार मतले अगाडि

मेरोन्यूज २०७९ मंसिर ८ गते २१:०५

काठमाडौँ । दाङ १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

कूल ६४ हजार २१३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २२८ मत पाएका छन् ।

निकटतम प्रतिस्प्र्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७ हजार २६३ मत प्राप्त गरेकी छन् । उनीहरूबीचको मतान्तर चार हजार ९६५ रहेको छ ।  

प्रतिक्रिया