शुक्रबार, चैत १६, २०८०

धादिङ १ मा एकीकृत समाजवादीका पाण्डे विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते २०:३६

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ १ बाट निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीका पाण्डेले आफ्नो पूर्व सहकर्मी तथा एमाले नेता भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् ।

पाण्डे त्रिपाठीभन्दा सात हजार ९८१ मतान्तर विजयी भएका हुन् । उनले ३५ हजार ९३४ मत पाउँदा त्रिपाठीले २७ हजार ९५३ मत पाएका थिए ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४७५ मत पाए ।

प्रतिक्रिया