शुक्रबार, वैशाख १४, २०८१

काभ्रे १ (क)मा माओवादी विजयी, एमाले पराजित

मेरोन्यूज २०७९ मंसिर ८ गते १८:२९

काठमाडौँ । काभ्रे १ प्रदेशसभा (क)मा नेकपा माओवादी केन्द्रका रत्न ढकाल विजयी भएका छन् ।

पछिल्लो मत परिणामअनुसार नौ हजार ४४२ को भारी मतान्तरसहित ढकाल विजयी भएका थिए ।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका ढकालले २० हजार ७२० मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङ (दिलीप)ले ११ हजार २७८ मत पाए ।

०७४ सालको निर्वाचनमा ढकाल सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

प्रतिक्रिया