शुक्रबार, वैशाख १४, २०८१

सुर्खेत २ (ख)मा माओवादी उम्मेदवार विन्दमान निर्वाचित

मेरोन्यूज २०७९ मंसिर ८ गते १७:५०

काठमाडौँ । सुर्खेत २  प्रदेशसभा (ख)मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई चार हजार ५७५ मतले पराजित गरे । 

कूल ३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाएका छन् । एमालेका गौतमको पक्षमा नौ हजार ३३४ मत आएको छ ।

एकीकृत समाजवादीका मोहनसिंह बडुवालले छ हजार २१४ मत ल्याए । यो उनको दोस्रो जित हो ।

प्रतिक्रिया