सोमबार, वैशाख २४, २०८१

चुनावमा धाँधली भयो, केही ठाउँमा पुनः निर्वाचनको माग गर्छौं : ओली

मेरोन्यूज २०७९ मंसिर ८ गते १७:४१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा धाँधली भएको बताएका छन् । झापा ५ बाट निर्वाचित भएर प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा उनले धाँधली भएको आरोप लगाएका हुन् ।

Advertisement

उनले भने, ‘यो परिणाम अपेक्षित छैन, धेरै ठाउँमा धाँधली भएको छ, हामी धाँधली भएका ठाउँमा पुनः निर्वाचनको माग गर्छौं ।’

निर्वाचन परिणाप्रति असन्तुष्ट भएका ओलीले अब मुलकमा पुनः फोहोरी हुने बताए । ‘पछिल्लो दुई वर्षमा मुलुकमा जस्तो फोहोरी खेल भएको थियो, अब त्यही दोहोरिनेछ, क्षमताको आधारमा जिम्मेवारी दिनेभन्दा टाउको गनेर मोलमोलाइ गर्ने समय आएको छ,’ उनले भने ।

प्रतिक्रिया