शुक्रबार, वैशाख ७, २०८१

दुई लाख भ्रष्टाचारको अभियोगमा उपसचिवसहित पाँचविरुद्ध मुद्दा

मेरोन्यूज २०७९ मंसिर ८ गते १७:१७

काठमाडौँ । सिंचाईं आयोजनामा भ्रष्टाचार गरेको अभियोग लागेका उपसचिव र सवइञ्जिनियरसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ।

कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख उपसचिव डा. तपेन्द्र बहादुर शाह र सवइञ्जिनियर महेश बुढ्थापा तथा उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँचबहादुर सेजुवाल, सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या भामविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुगु छायाँनाथ रारा नगरपालिका ४ बालैस्थित गैराज्युला कृषि सिंचाईं आयोजनामा नभएको काम देखाएर दुई लाख ११ हजार भुक्तानी दिइएको थियो । सबइञ्जिनियर बुढ्थापाले नक्कली बिल भरपाइ, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन बनाई पेश गरेको र सोही नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदनलाई एकिन नगरी हचुवाको भरमा स्वीकृत गरी तत्कालीन प्रमुख शाहले उपभोक्ता समितिलाई भुक्तानी दिएको अख्तियारको आरोप छ। शाह र बुढ्थापाविरुद्ध दुई लाख ११ हजार बिगो कायम गरिएको छ।

उपभोक्ता समितिका तीनै पदाधिकारीविरुद्ध दुई लाख ११ हजार बिगो कायम गरिएको छ।

प्रतिक्रिया