सोमबार, वैशाख २४, २०८१

एमालेलाई पराजित गर्दै कांग्रेसका यादव विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते १७:०९

काठमाडौँ । सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । उनी २६ हजार १६६ ल्याउँदै विजयी भएका हुन् । 

Advertisement

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय मत पाए ।

०५४ सालमा जिल्ला विकास समिति, सप्तरीको सभापतिमा निर्वाचित भएका यादवले पहिलो र दोश्रो संविधान सभामा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए ।

चौधरी एमालेको जिल्ला अध्यक्ष हुन् भने ०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया