शुक्रबार, मंसिर १६, २०७९

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पराजित, रास्वपका हरि ढकाल विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते १६:५१

काठमाडौं । एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पराजित भएका छन् । उनलाई चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले पराजित गरेका हुन् ।

ढकालले ३४ हजार १८९ मत ल्याएका थिए । प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।

पाण्डे नेकपा एमालेका उपाध्यक्षसमेत हुन् । पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

प्रतिक्रिया