शुक्रबार, वैशाख ७, २०८१

अवको सरकार कसको बन्छ अहिले नै भन्न सकिदैन : माधव नेपाल

मेरोन्यूज २०७९ मंसिर ८ गते १५:४७

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले अवको सरकार कसको बन्छ भनेर अहिले नै भन्न नसकिने अवस्था आएको बताएका छन् । निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको भन्दै उनले सरकार कसको बन्छ भन्ने कुरा अहिले नै भन्न् नसकिने बताएका हुन् ।

रौतहटको निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा अपेक्षा विपरितको नतिजा आएको बताएका हुन् ।

मैले सोचेको भन्दा कम नतिजा आयो । नतिजाले शिक्षा पनि दियो । आगामी दिनमा निर्वाचनको परिणामको मुल्याङन गर्दै भएका कमिकमजोरी सुधार गरि अघि बढ्नुपर्छ । परिणामले अवको सरकार कसको बन्छ भनेर अहिले नै भन्न नसकिने अवस्था आयो । सरकार समयको माग अनुसार बन्न सक्ने अवस्था देखियो, अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया