बिहीबार, वैशाख १३, २०८१

कांग्रेसका बलबहादुर केसी हारे, एमालेका मानवीर राई विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते १२:५२

सोलुखुम्बु । नेपाली कांग्रेसका प्रभावशाली नेतामध्येका एक बलबहादुर केसी पराजित भएका छन् । सोलुखुम्बुबाट उनलाई एमालेका उम्मेदवार मानवीर राई ले पराजित गरेका हुन् ।

उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए ।

तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमानविपरीत एमाले केन्द्रीय सदस्य राईले बाजी मारेका छन् ।

यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका वीचमा भागवन्डा लगाउँदा शुरुमा माओवादी केन्द्रलाई कोटा परेको थियो । तर कांग्रेसका केसीले शेखर कोइराला पक्षको दवावमा र आफुले टिकट नै नपाए माओवादीलाई पनि जित्न नदिने अडान लिएका कारण अन्तिम समयमा उनले टिकट पाएका थिए ।

प्रदेशका दुवै क्षेत्रमा माओवादीलाई दिएर संघको टिकट केसीले लिएका थिए । सत्ता गठबन्धन गरेर चुनावमा जाादै गर्दा कांग्रेसले जताततै फाइदा पाईरहेका बेला केसी भने पराजित हुन पुगेका हुन् । अहिलेसम्ममा कांग्रेसमा पराजित हुने नेतामा केसी नै सवैभन्दा पाका र पूराना नेता देखिन्छन् ।

प्रतिक्रिया