सोमबार, वैशाख २४, २०८१

प्रदेश सभामै २६ हजार मतान्तरमा नेमकिपाका गोसाइँ विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते १२:३०

भक्तपुर । भक्तपुर क्षेत्र नं १ (२)बाट प्रदेशसभा सदस्यमा नेपाल मजदूर किसान पार्टीका सुरेन्द्रराज गोसाइँ विजयी भएका छन् । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको बैठक कक्षमा आज सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गोसाईँ २९ हजार सात सय चार मत ल्याएर विजयी भएका हुन् ।

Advertisement

निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका पवन भुजुले तीन हजार एक सय ६१ मत प्राप्त गरे ।

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले दुई हजार चार सय २८, राप्रपाका रोशन नापितले एक हजार नौ सय पाँच मत प्राप्त गरे ।

प्रतिक्रिया