सोमबार, वैशाख २४, २०८१

माधव नेपाल रौतहट १ बाट ६ हजारभन्दा बढी मतले विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते १२:२०

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपाल प्रतिनिधिसभा सदस्यमा बिजयी भएका छन् । रौतहट १ बाट नेपाल विजयी भएका हुन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे ।

Advertisement

नेपालले ३३ हजार ५ सय २२ मत ल्याएर बिजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौं २ मा विजयी भएका नेपाल नयाँ दल खोलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई रौतहट १ मा विजयी भएका हुन् ।

प्रतिक्रिया