शनिबार, वैशाख ८, २०८१

प्रहरीको बर्दी लगाएर न्यूरोडबाट १० तोला सुन लुटपाट

मेरोन्यूज २०७९ मंसिर ८ गते १२:११

काठमाडौं । प्रहरी हवल्दारको बर्दी लगाएर न्यूरोडबाट १० तोला सुन लुटपाट भएको छ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अघि न्युरोडमा रहेको सुन बनाउने कारखानामा पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले त्यसबारे जानकारी गराउन बिहिबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । प्रहरीले लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ ।

प्रतिक्रिया