सोमबार, वैशाख २४, २०८१

चितवन-२ मा रवि लामिछाने ३४ हजारभन्दा बढी मतान्तरसहित विजयी

मेरोन्यूज २०७९ मंसिर ८ गते ११:४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

Advertisement

लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । तर यसलाई निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी नै छ ।

लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका छन् ।

एमाले उम्मेदवार कृष्णभक्त पखरेलको १४ हजार ६४९ मत आएको छ ।

प्रतिक्रिया