सोमबार, वैशाख २४, २०८१

सरकार बनाउन कसले जुटाउँला बहुमत ?

सत्ता गठबन्धनसँग १३८ को सामान्य बहुमत पुर्‍याउने सम्भावना अझै टरेको छैन

शितल शर्मा २०७९ मंसिर ८ गते ८:२०

काठमाडौं । निर्वाचन पछिको सरकार कसको नेतृत्वमा वन्ला ? या कुन कुन पार्टी मिलेर सरकार बनाउँलान् ? चित्र प्रष्ट आईसकेको छैन । यधपी, प्रत्यक्ष तर्फको कुल १६५ निर्वाचन क्षेत्रमध्ये यो समाचार तयार पार्दासम्म ६२ क्षेत्रको नतिजा आईसकेको छ भने् समानुपातिक तर्फको करिव १४ प्रतिशत मत गणना भईसकेको छ ।

Advertisement

तर सरकार कसरी निर्माण हुन्छ र कसको नेतृत्वमा निर्माण हुन्छ ? यसको चित्र प्रष्ट आईसकेको छैन । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ । तर बिहिबार बिहानसम्म प्रत्यक्षतर्फको जित र अग्रता तथा समानुपातिकतर्फ पाएको मत प्रतिशत हेर्दा सत्ता र विपक्षी दुवै गठबन्धनलाई बहुमत प्राप्त गर्न कठिन हुँदै जान थालेको जस्तो देखिएको छ ।

यस्तो बेला यसपटक संसद्मा नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सरकार निर्माणका लागि निर्णायक बन्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

यधपी, सत्ता गठबन्धनले अझै पनि आफनो गठबन्धनलाई बुहमत पुग्ने विश्वास लिएको देखिन्छ ।
‘कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चासमेतको गठबन्धनले बहुमत ल्याउने सम्भावना अझै टरेको छैन, ’ कांग्रेसका महामन्त्री समेत रहेका र झापा १ बाट निर्वाचित भएका नेता विश्वप्रकाश शर्माले भने ।

कांग्रेस र एमालेमा को ठूलो दल भन्ने प्रतिस्पर्धा अहिले पनि छ । कांग्रेस प्रत्यक्ष तर्फ ठूलो दल बन्ने करिव निििश्चत जस्तै छ । तर समानुपातिक मतमा एमालेले अग्रता लिईरहेको छ । समानुपातिक मत गणनाको अहिलेसम्मको रुझान हेर्दा एमाले नै ठूलो दलको रुपमा आउने देखिन्छ ।

यसले कांग्रेस र एमालेका वीचमा कुन दल ठूलो बन्ने भन्ने प्रतिस्पर्धा अझै छ । तर एमालेले प्रत्यक्षमा कांग्रेसभन्दा अलि तलैको नतिजा आउने देखिएकोले एमालेलाई समानुपातिकमा ठूलो दल भएपनि समग्रमा ठूलो दल बन्ने सम्भावना भने कम नै छ ।

सत्ता गठबन्धनमा कांग्रेस ठूलो दल बने पनि निर्वाचनमा कांग्रेसको मत माओवादी र एकीकृत समाजवादीमा टान्सफरमा समस्या देखिएको र चुनावबाट माओवादीले चित्त वुझाएको देखिएको छैन । तर माओवादीका नेताहरुले खास टिप्पणी अहिले नै गरिसकेका छैनन ।

अहिलेसम्मको नतिजालाई प्रारम्भिक आधार बनाउने हो भने हालसम्मको मतपरिणामअनुसार कांग्रेसले प्रत्यक्षमा ५८ आसपास, माओवादीले १८, एकीकृत समाजवादीले १०, लोसपाले तीन, जनमोर्चाले एक र स्वतन्त्रबाट तीन जनाले जित्ने सम्भावना छ । यसबाट सत्तागठबन्धनले प्रत्यक्षमा ९० देखि ९३ क्षेत्रमा जित्ने देखिन्छ । कांग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङको मुद्दा अदालतमा विचाराधीन भएकाले उनी तत्काल संसद् छिर्न पाउँदैनन् ।

सत्तागठबन्धनलाई सरकार बनाउनका लागि ४८ देखि ५० सिट आवश्यक पर्न सक्ने हुन्छ । जसमा समानुपातिकतर्फबाट दलहरुले पाउने मत निर्णायक हुने देखिन्छ ।

यसो हुँदा समानुपातिकमा कांग्रेस र माओवादी केन्द्रले पाउने मत निर्णायक हुन सक्छन् । अहिलेसम्मको परिणामका आधारमा एमालेले २८, कांग्रेसले २६, राष्ट्रिय स्वतन्त्र पार्टीले १४ र माओवादी केन्द्रले १३ प्रतिशत मत पाएका छन ।

तर, एकीकृत समाजवादी र लोसपा र राष्टिय जनमोर्चाले थ्रेस होल्ड कटाउन सक्ने अवस्था छैन । यी तीन साना दलले थ्रेस होल्ड नकटाउँदा माओवादीले प्रत्यक्ष तथा समानुपातिक तर्फ ल्याउने मत कांग्रेसलाई सरकार बनाउनका लागि बहुमत पुग्ने नपुग्नेमा निर्णायक हुने देखिन्छ ।

तर, त्यस्तो बहुमतको अवस्था नजुटने र कांग्रेस र एमाले प्रत्यक्ष तथा समानुपातिकमा गरी १० देखि १५ सिटमा तलमाथी भएमा भने नयाँ शक्तिका रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायत शक्ति निर्णायक हुन सक्ने देखिन्छ ।


तर अहिलेसम्मको पारम्भिक अवस्थामा भने सत्ता गठबन्धनलाई १३८ को सामान्य बहुमत भने जुटने सत्ता गठबन्धनका नेताहरुले बताईरहेका छन् । गठबन्धनभित्रको मत टान्सफरमा देखिएको समस्या, माओवादीले दुखाएको मन र निर्वाचन परिणामपछि गठबन्धन दलका वीचमा हुनसक्ने राष्टपति, उपराष्टपति, सभामुख, प्रधानमन्त्री, उपसभामुख लगायत पदहरुमा हुने भाँगवन्डा आदीका कारण मात्र सत्ता समिकरणको चित्र आउने देखिन्छ ।

तर ०७४ को भन्दा पनि अहिलेको संसद खिचडी संसद बन्न सक्ने सम्भावना पनि उत्तिकै रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया