बिहीबार, चैत १५, २०८०

विश्वकपमा स्पेनको सर्वाधिक सात गोल, गाबीले रचे कीर्तिमान

मेरोन्यूज २०७९ मंसिर ८ गते ७:२२

काठमाडौं । फेरान टोरेजको दुई गोल प्रेरित स्पेनले कोस्टारिकामाथि ७-० को प्रभावशाली जित सहित कतार विश्वकप २०२२ मा सुरुआत गरेको छ । दोहास्थित अल थुमामा रंगशालामा प्राप्त जितसँगै स्पेनले विश्वकप फुटबलको इतिहासमै सबभन्दा फराकिलो जित पारेको हो ।

समूह ‘ई’को आफ्नो पहिलो खेलमा स्पेनलाइै जित दिलाउन टोरेजले दुई गोल गर्दा ड्यानी ओल्मो, मार्को एसेन्सियो, गाबी, कार्लोस सोलर र अल्भारो मोराटाले एक एक गोल गरेका थिए ।

बार्सिलोनाका १८ वर्षे मिड्फिल्डर गाबी स्पेनिस राष्ट्रिय टोलीका लागि सबभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन् । स्पेनका लागि १४ खेलमा उनको व्यक्तिगत गोलसंख्या चार पुगेको छ । विश्वकपमा भने उनको यो पहिलो गोल हो ।

समूह ‘ई’ मा बुधबार भएको खेलमा चार पटकको पूर्व विजेता जर्मनीलाई २-१ को नतिजामा स्तब्ध पार्दै एसियाली मुलुक जापानले विश्वकपको सुखद सुरुआत गरेको थियो ।

समूहको दोस्रो खेलमा आइतबार स्पेनले जर्मनी तथा जापानले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

प्रतिक्रिया