सोमबार, वैशाख २४, २०८१

यी हुन् कांग्रेसबाट अहिलेसम्म चुनाव जित्ने २५ सांसद

मेरोन्यूज २०७९ मंसिर ८ गते ७:०५

काठमाडौं । नेपाली कांग्रेसले अहिलेसम्म २५ स्थानमा प्रतिनिधिसभातर्फ जित निकालेको छ । कुल ८९ स्थानमा उम्मेदवारी दिएको कांग्रेसले अहिले विहान ७ बजेसम्म २५ स्थानमा जित निकालेको छ । कांग्रेस जारी मतगणनामा थप ३३ स्थानमा अगाडी छ । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा सहित महामन्त्रीद्दय गगन थापा, विश्व्प्रकाश शर्मा लगायतका नेताहरुले चुनाव जितिसकेका छन् ।

Advertisement

०७४ को चुनावमा कांग्रेस १६५ निर्वाचन क्षेत्रमा जम्मा २३ स्थानमा मात्र प्रत्यक्षमा जित्न सफल भएको थियो । तर यसपटक उसले २५ स्थानमा जित निकालिसकेको छ । कुल ६२ स्थानको मात्र अहिलेसम्म नतिजा सार्वजनिक भएको छ । यसपटक कांग्रेसका शीर्ष नेताहरुले पराजित हुनु परिरहेको छैन । माओवादी केन्द्र सहितको सत्ता गठबन्धन बनाएर कांग्रेस चुनावमा होमिएको थियो ।

यी हुन् कांग्रेसबाट अहिलेसम्म चुनाव जित्ने २५ सांसद
१) प्रदीप पौडेल, काठमाडौं ५
२) योगेश गौचन थकाली, मुस्ताङ १
३) विर वहादुर बलायर, कैलाली ४
४) खम बहादुर गर्बुजा म्याग्दी १
५) दिलेन्द्र प्रसाद बडु दार्चुला १
६) मोहन आचार्य रसुवा १
७) एनपी साउद कञ्चनपुर २
८) रमेश लेखक कञ्चनपुर ३
९) राजेन्द्र बजगाई, गोरखा १
१०) राम हरि खतिवडा ओखलढुंगा १
११) टेकवहादुर गुरुङ मनाङ १
१२) दुर्लभ थापा क्षेत्री भक्तपुर २
१३ ) राजेन्द्र कुमार केसी काठमाडौं १०
१४) उदयशम्शेर जबरा ललितपुर १
१५ ) दिक्पाल कुमार शाही दैलेख २
१६) हदयराम थानी, सुर्खेत २
१७) सन्तोष चालिसे काठमाडौं ३
१८) शंकर भण्डारी तनहुँ २
१९) अजयकुमार चौरसिया पर्सा २
२०) पुष्प बहादुर शाह अछाम २
२१) रमेश रिजाल पर्सा ४
२२) विश्वप्रकाश शर्मा, झापा १
१३) शेरवहादुर देउवा, डडेलधुरा १
२४) प्रकाशमान सिंह, काठमाडौं १
२५) गगन कुमार थापा काठमाडौं ४

प्रतिक्रिया