सोमबार, वैशाख २४, २०८१

वडाध्यक्ष बन्न नपाएका जयप्रकाशसँग कांग्रेसका गुरुराज पराजित

मेरोन्यूज २०७९ मंसिर ७ गते २०:४२

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे प्रदेश १ को प्रदेशसभा सदस्यमा पराजित भएका छन् । मोरङ ४ (१) बाट घिमिरेलाई पराजित गर्दै एमालेका जयप्रकाश चौधरी विजयी भएका हुन् ।

Advertisement

चौधरी १५ हजार ४६५ मतका साथ निर्वाचित हुँदा घिमिरेले १५ हजार ५९ मत मात्र पाए । स्थानीय तहको चुनावमा वडाध्यक्षको उम्मेदवार बन्न खोजेका उनी त्यतिबेला उम्मेदवार बनेनन् । तर, अहिले प्रदेश सांसदमा निर्वाचित भएका हुन् ।

आफू पराजित भएपछि घिमिरेले निर्वाचित चौधरीलाई बधाई दिएका छन् ।
 

प्रतिक्रिया