शुक्रबार, चैत १६, २०८०

प्रहरीका पूर्व हाकिमलाई नफाँपेको चुनाव

प्रतिनिधिसभामा चुनाव लडेका ५ पूर्व प्रहरी हाकिममध्ये ४ जना पराजित, धुव्रवहादुर प्रधान मात्रै संसदमा छिर्ने देखिएका छन्

मेरोन्यूज २०७९ मंसिर ७ गते १५:३१

काठमाडौं । तीन दशक सुरक्षा निकायमा काम गरी उच्च पदबाट अवकाश पाएका केही पूर्व प्रहरी अधिकारी चुनावी प्रतिस्पर्धामा होमिएपनि जित निकाल्न असफल भएका छन् । फरक–फरक पार्टीबाट यस पटक प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका प्ररहीका पूर्व अधिकारीहरु कोही कसैले पनि अहिलेसम्म चुनाव जितेका छैनन ।

प्रहरी महानिरीक्षक पदबाट अवकाश पाएका सर्वेन्द्र खनाल, पूर्व डीआईजी रमेश खरेल , पूर्वडिआइजी नवराज सिलवाल, पूर्वआइजिपी ध्रुवबहादुर प्रधान लगायतका प्ररहीका पूर्व हामिकहरु चुनावी प्रतिस्पर्धामा होमिएका थिए ।

सर्वेन्द्र खनाल र नवराज सिलवाल नेकपा एमालेबाट चुनावमा होमिएका थिए । खरेल आफनै नेतृत्वको सुशासन पार्टी र प्रधान राप्रपाबाट चुनावी प्रतिस्पर्धामा थिए ।
त्यस्तै अर्का सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ पनि यसपटक चुनावमा उत्रिएका थिए । उनी पनि राप्रपाबाट चुनाव उठेका थिए ।

यसमध्ये चार जना निर्वाचनमा पराजित भईसकेका छन् । पश्चिम नवलपरासी २ बाट उम्मेदवारी दिएका प्रधानको भने निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भईसकेको छैन ।

तर अन्य भने पराजित भईसकेका छन् ।

Advertisement

पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका सर्वेन्द्र खनाल काठमाडौं ६, नवराज सिलवाल ललितपुर १ , ठाकुरमोहन श्रेष्ठ काठमाडौं– ४ र रमेश खरेल काठमाडौं १ बाट पराजित भएका हुन् ।

यसमध्ये सिलवाल ०७४ मा एमालेबाट ललितपुर १ बाट निर्वाचित सांसद थिए ।

तर यसपटक उनलाई चुनाव फापेन । अन्य नयाँ उम्मेदवार भएपनि उनीहरुलाई पनि चुनाव फापेन ।

तर पूर्वआइजिपी ध्रुवबहादुर प्रधानलाई भने यो चुनाव फाप्ने देखिएको छ । उनी अहिले जारी मतगणनामा निटतम प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेलभन्दा निक्कै बलियो मत अन्तरमा अग्रता लिईरहेका छन् । प्रधानले १४६९९ मत पाउँदा उनलाई पछ्याइरहेका कांग्रेसका कँडेलले ७३६७ मत मात्रै पाएका छन् ।

सर्वेन्द्रले काठमाडौं ६ मा ८ हजार ९ सय ११ मत पाएर दोस्रो बने । उनलाई पराजित गरेका राष्टिय स्वतन्त्र पार्टीका शिशिर खनालले १४ हजार २ सय ४ मत ल्याएका थिए ।

काठमाडौं १ मा उठेका रमेश खरेलले भने पाँचौं स्थानमा रहेर ३१२४ मत पाएका थिए ।

काठमाडौं ४ मा उठेका ठाकुरमोहनले तेस्रो स्थानमा रहेर ४०५० मत पाएका थिए ।

०७४ मा ललितपुर १ बाट जिेका र अहिले पराजित भएका नवराज सिलवालले भने १९२७८ मत पाएका थिए । उनलाई कांग्रेसका उदयशम्शेर जवराले पराजित गरेका हुन् । जवराले २३८९२ मत पाएका थिए ।

०७४ मा सिलवालले उनै जबरालाई पराजित गरेर सांसद बनेका थिए ।

प्रतिक्रिया