आइतबार, जेठ ६, २०८१

सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी निर्वाचित

मेरोन्यूज २०७९ मंसिर ७ गते ८:१०

काठमाडौं । नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेत-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । थानी ३४ हजार ६२५ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरे ।
थानी योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्न सफल भएका छन् ।

Advertisement

प्रतिक्रिया