आइतबार, जेठ ६, २०८१

ईश्वर पोखरेलले दिए प्रतिद्वन्द्वी प्रदीप पौडेललाई बधाई

मेरोन्यूज २०७९ मंसिर ६ गते २२:३९

काठमाडौँ । काठमाडौँ ५ मा नेपाली कांग्रेसबाट विजयी भएका प्रदीप पौडेललाई प्रतिद्वन्द्वी तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बधाई दिएका छन् । पौडेलले पोखरेललाई पराजित गरेका हुन् ।

Advertisement

पछिल्लो मत परिणामअनुसार प्रदीपले १५ हजार २३७ मत ल्याएका छन् । पोखरेलले १० हजार १७२ मत पाएका छन् । यहाँ कूल ४५ हजार ९८७ मत खसेको थियो । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् पौडेललाई बधाई दिएका हुन् ।

‘काठमाडौ क्षेत्र नम्बर ५ को निर्वाचन परिणाम भर्खरै सार्वजनिक भएको छ, र श्री प्रदीप पौडेल जी विजयी बन्नु भएको अनौपचारिक घोषणा गरिएको छ, यस अवसरमा उहाँलाई बधाई भन्न चाहान्छु,’ पोखरेलले भनेका छन् ।

‘निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्बन्ध र सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सधैँ उच्च प्राथमिकतामा राख्ने, पारदर्शी जीवन शैली अपनाउने र निरन्तर देश हित र जनताका काममा क्रियाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु,’ पोखरेलले थपे ।

प्रतिक्रिया