आइतबार, जेठ ६, २०८१

भीम रावलको क्षेत्रमा एकीकृत समाजवादीको अग्रता कायमै

मेरोन्यूज २०७९ मंसिर ६ गते १५:२७

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राखेका छन् ।

Advertisement

एमालेका नेता भीम रावल विजयी हुँदै आएका अछाम निर्वाचन क्षेत्र नं १ मा उनले सुरुवातदेखि नै अग्रता कायम राखेका हुन् ।

लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कुँवरले १० हजार २९० मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहराले छ हजार २६४ मत पाएका छन् ।

यस्तै, क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाहले पनि अग्रता कायम गरेका छन् ।

शाहले आठ हजार ६५७ मत प्राप्त गरेका छन् भने एमालेका यज्ञ बोगटीले पाँच हजार ७२९ मत पाएका छन् ।

प्रतिक्रिया