आइतबार, जेठ ६, २०८१

काठमाडौँ ९ मा एमालेका उम्मेदवार श्रेष्ठ विजयी

मेरोन्यूज २०७९ मंसिर ६ गते १४:४९

काठमाडौँ । नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ काठमाडौँ ९ बाट विजयी भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

Advertisement

श्रेष्ठका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका थिए ।

सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला छ हजार ४०२ मतसहित तेस्रो भइन् ।

प्रतिक्रिया