आइतबार, जेठ ६, २०८१

नयाँ पार्टी चम्किँदा खुम्चेका यी दुई पात्र

प्रतिनिधिसभा चुनावमा रञ्जु दर्शनाले जम्मा २७१ र मिलन पाण्डेले २३२७ मत ल्याएका छन्

मेरोन्यूज २०७९ मंसिर ६ गते १४:५१

काठमाडौं । प्रतिनिधिसभाको यसपटकको चुनावमा नयाँ दल राष्ट्रिय राजनीतिमा उदाएका छन् । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टी र मधेसमा सिके राउतको जनमत पार्टी यसपटकको चुनावबाट उदाएका छन् ।

Advertisement

यी पार्टीहरुको उदयलाई कतिपयले अहिलेका राजनीतिक दलको विकल्पमा नयाँ दलले स्थान लिएको टिप्प्णी गरेका छन् । तर फेरि, कतिपयले यी उदाएका नयाँ दल अहिलेका प्रमुख दल कांग्रेस, एमाले र माओवादीको विकल्पमा नभएर यी दलको नेताहरुको कार्यशैली, काम गराईबाट आजित भएका जनताले पाठ सिकाउनका लागि मात्रै यसपटक विकल्पका रुपमा ति दलहरुलाई चम्काएको टिप्पणी पनि गर्ने गरेका छन् ।

नेपालका पूरातन पार्टी र तिनका कार्यशैलीका विरुद्द नयाँ बैकल्पिक राजनीतिको सुरुआत गर्ने ध्येय उज्जवल थापा लगायतका नेताहरुले सुरुआत गरेका थिए । भलैं, थापाको यो वीचमा निधन भईसकेको छ ।

अलग बैकल्पिक राजनीतिक धार नेपालमा आवश्यक रहेको भन्दै गत चुनाव देखि युवा पुस्ताहरुले नेपालको राजनीतिमा यो ‘नयाँ कोर्स’ सुरु गरेका थिए । तर त्यसरी नयाँ राजनीतिक कोर्स शुरुवात गर्नेले ०७४ को स्थानीय तह र लगत्तैको प्रतिनिधिसभामा जित निकाल्न नसकेपनि युवा पुस्ताको मन भने जितेका देखिन्थे ।

रञ्जु दर्शना २०७४ मा विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएसँगै चर्चामा थिइन् । २१ वर्षकै उमेरमा उनले मेयरमा उम्मेदवारी मात्रै दिएकी थिइनन्, उनले तेस्रो स्थानमा रहँदै २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन् । त्यतिबेला उनले चुनाव नजिते पनि काठमाडौंवासीको मन जितेको प्रतिक्रिया दिएकी थिइन् ।

त्यसयता उनले यसपटकको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिइन् । सेलरोटी चुनाव चिन्ह्र लिएर चुनाव लडेकी उनले वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोंग पाएको उल्लेख गर्दै विवेकशील साझा पार्टी छोडेर स्वतनत्र बनेर उम्मेदवारी दिएकी थिइन् ।

खासमा उनले साझा र विवकेशील पार्टी एक भएपछि अहिले राप्रपामा पुगेका रबीन्द्र मिश्र र मिलन पाण्डेका वीचमा देखिएको वैचारिक विवाद र मिश्रले लिएको राप्रपाको बाटोमा रन्जुको सहमति थिएन । त्यसपछि उनले विवकेशील साझा त्यागिन र स्वतन्त्रमा काठमाडौं ५ मा उम्मेदवारी दिइन् ।

त्यस्तै, काठमाडौं ९ मा नै २०७४ को प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिएकामिलन पाण्डे यसपटक साझा पार्टी नेपाल पार्टीबाट दुई पाइताला चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

२०७४ सालमा चुनाव लड्दा पाण्डेले यो क्षेत्रबाट मत पाउनेमा तेस्रो नम्बरमा थिए । उनी त्यसवेला ४ हजार ९४६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका थिए ।

नयाँ बैकल्पिक शक्ति र सोचका साथ यसपटक चुनावमा नयाँ शक्तिका रुपमा नयाँ पार्टीहरु उदाईरहँदा यो धारको सुरुआत गर्नेहरु फेरि चम्किन सक्लान् ? भन्ने झिनो आश अझै मतदाताहरुमा थियो । गत स्थानीय तहमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारले चुनाव जितिरहँदा र नयाँ पार्टीहरु वैकल्पिक शक्तिका रुपमा आएको भन्दैं वकालत गरिरहँदा यो धारको सुरुवाती वकालत गर्नेहरु पनि यसपटक चर्चाको शिखरमा आउनु पर्ने हो । निर्वाचन मा जित निकाल्नुपर्ने हो । जित निकाल्न असफल भएपनि राम्रो मत पाउनुपर्ने हो ।

तर परिस्थिती त्यस्तो बनेन । साझा विवेकशील पार्टी यो चुनावमा खास मतदाताको गणनामै रहेन । त्यक्तिमात्रै होइन, साझा पार्टी जन्माएर साझा विवकेशीलको अध्यक्ष समेत बनेर राप्रपामा पुगेका रविन्द्र मिश्र यसपटक पनि चुनावमा प्रकाशमानसँगै पराजित हुन पुगे ।

रवि लामिछानेको पार्टीले अप्रत्याशित चुनावी परिणाम ल्याईरहँदा ०७४ मा साझा विवेकशील पार्टीको नेतृत्व गर्न तम्सकिएका रन्जु दर्शना न्यौपाने, मिलन पाण्डे लगायतका नेताहरु भने यो चुनावबाट निखारिएका छन् ।

कठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेलले २४ हजार ९ सय मत गणना हुादा ८ हजार २२० मत र इश्वर पोखरेलले ५ हजार ६८२ मत ल्याईरहँदा त्यही स्वतन्त्र उठेकी रन्जु दर्शनाले भने ९ औं स्थानमा रहेर जम्मा जम्मी २७१ मत मात्र ल्याएकी छिन् ।

उनको यो मत हेर्दा अव उनको क्रेज सकिएको प्रष्टै देखिएको छ ।

उता काठमाडौं ९ मा साझा पार्टी नेपालबाट उम्मेदवार बनेका मिलन पाण्डे पनि निक्कै तल्लो मतमा सिमित हुनु परेको छ । एमालेका कृष्णगोपाल श्रेष्ठले फेरि चुनाव जितिरहँदा पाण्डे यो क्षेत्रमा ५ औं स्थानमा पुगेका छन् । उनले जम्मा २३२७ मत पाएका थिए ।

अघिल्लो चुनावमा जस्तो मत समेत उनले पनि सुरक्षित गर्न मात्रै सकेनन, ०७४ मा तेस्रो स्थानमा रहेका उनी यसपटक राप्रपा भन्दा पनि तल झरेर पाँचौं स्थानमा खुम्चिनु परेको थियो ।

प्रतिक्रिया