आइतबार, जेठ ६, २०८१

रुपन्देही २ मा घण्टीका पौडेलभन्दा विष्णु पौडेल झिनो मतले पछाडि

मेरोन्यूज २०७९ मंसिर ६ गते १४:२१

काठमाडौँ । रुपन्देही २ मा एमालेका विष्णु पौडेल ६५ मतले मात्र पछि परेका छन् । करिब पाँच सय मतले पछाडि परेका पौडेलले मतान्तर घटाउँदै ६५ मा झारेका हुन् ।

Advertisement

पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले चार हजार १३४ मत ल्याउँदा एमाले उपाध्यक्षसमेत रहेका पौडेलले चार हजार ६९ मत ल्याएका छन् ।

अहिलेसम्म १२ हजार तीन सय मत मात्र गणना भएको छ । रुपन्देही २ मा ८१ हजार २०२ मत खसेको थियो ।

प्रतिक्रिया