शनिबार, जेठ ५, २०८१

जनमत पार्टीले प्रदेशमा खाता खोल्यो,गठबन्धनका उम्मेदवार भन्दा साढे ६ हजार मत बढी ल्याएर यादव निवार्चित

मेरोन्यूज २०७९ मंसिर ६ गते १२:५१

काठमाडौं । सिके राउतकाे जनमत पार्टीले मधेश प्रदेशमा खाता खालेको छ । सप्तरीमा क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा जनमत पार्टीको लाउड स्पिकर लिएर मैदानमा उत्रिएका महेश प्रसाद यादव निवार्चित भएका छन् । उनले १३ हजार ३२५ मत ल्याएर निवार्चित भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश कुमार यादवलाई ६ हजार ३०२ मतले पराजित गरेका हुन् । सत्ता गठबन्धनका उम्मेदवार उमेश कुमार यादवले ७ हजार २३ मत ल्याए ।

Advertisement

प्रतिक्रिया