शनिबार, जेठ ५, २०८१

चितवन-३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै, माओवादीका अधिकारी तेस्रोमा

मेरोन्यूज २०७९ मंसिर ६ गते १२:११

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ४ हजार १८८ मतसहित अग्रता कायम गरेका हुन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले ३ हजार ६५६ मतसहित पछ्याइरहेकी छन्।

Advertisement

माओवादी केन्द्रका भोजराज अधिकारी ३ हजार ५७९ मतसहित तेस्रो स्थानमा रहँदा स्वतन्त्र उम्मेदवार निदेश कोइरालाले २ हजार ९५४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया