शुक्रबार, वैशाख ७, २०८१

चीनको कारखानामा भीषण आगलागी, ३६ जनाको मृत्यु

मेरोन्यूज २०७९ मंसिर ६ गते ८:४६


बेइजिङ । मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको सो आगालागीमा अन्य केही घाइते भएका छन् । आगलागीबारे प्रहरीले अनुसन्धान गरेकोले थप विवरण सार्वजनिक हुन बाँकी नै छ ।

चीनमा औधोगिक दुर्घटना बारम्बार हुने गरेका छन् । सन् २०१९ मा मार्चमा एउटा रसायनिक उद्योगमा लागेको आगलागीमा ७८ जनाको मृत्यु भएको थियो ।एजेन्सी
 

प्रतिक्रिया