शनिबार, जेठ ५, २०८१

काठमाडौं १ अन्तिम नतिजा

झिनो मतान्तरले जिते प्रकाशमान, रवीन्द्र मिश्र पराजित

मेरोन्यूज २०७९ मंसिर ६ गते ३:४९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् ।

Advertisement

सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०११ मत पाए ।

२०७४ को चुनावमा सिंह १० हजार ९३७ मतका साथ विजयी भएका थिए । तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र १० हजार ११८ मतका साथ दोस्रो स्थानमा आएका थिए ।

अहिले राप्रपा प्रबेश गरेर चुनाव भिडन्त गरेका मिश्र दोस्रो पटक पराजित भएका हुन ।

प्रतिक्रिया