शनिबार, जेठ ५, २०८१

मत गणना सकिन लाग्दा कांग्रेसले लियो अग्रता, घण्टीले पायो पाँच मत

मेरोन्यूज २०७९ मंसिर ५ गते २१:१३

काठमाडौँ । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले अग्रता लिएका छन् ।

Advertisement

नेकपा एमालेका पोल्देन छेवाङ गुरुङलाई उछिन्दै टेकबहादुरले अग्रता लिएका हुन् ।

कूल चार हजार ६७ मत गणना हुँदा कांग्रेसका गुरुङले दुई हजार ११८ मत प्राप्त गरेका छन् । यस्तै, एमालेका गुरुङले एक हजार ९२९ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मुखिया गुरुले पाँच मत प्राप्त गरेका छन् भने १५ मत बदर भएको छ । जिल्लामा ४ हजार ८ सय ४५ खसेको थियो ।

प्रतिक्रिया