शनिबार, जेठ ५, २०८१

काठमाडौँ ६ मा घण्टीका उम्मेदवार खनालको अग्रता

मेरोन्यूज २०७९ मंसिर ५ गते २०:४८

काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता बनाएका छन् । उनले ७१६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।

Advertisement

दुई हजार १२३ मत गणना हुँदा दोस्रो मत नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले पाएका छन् । उनले ४९२ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले ४८२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया