शनिबार, जेठ ५, २०८१

काठमाडौँ १ मा सिंह र मिश्रको कडा टक्कर, झिनो मतले अघिपछि

मेरोन्यूज २०७९ मंसिर ५ गते २०:३३

काठमाडौँ १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्र मिश्रलाई पछि पार्दै नेपाली कांग्रेसका प्रकाशमान सिंहले झिनो मतले अग्रता बनाएका छन् ।

Advertisement

कूल १५ हजार १७६ मत गणना हुँदा मिश्रले तीन हजार ८७१ मत पाएका छन् । यस्तै, सिंहले तीन हजार८७९ पाएका छन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार किरण पौडेलले दुई हजार २३२ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले दुई हजार ३०३ पाएका छन् ।

प्रतिक्रिया