शनिबार, जेठ ५, २०८१

कञ्चनपुर २ मा एनपी साउदले बनाए अग्रता

मेरोन्यूज २०७९ मंसिर ५ गते २०:२८

काठमाडौँ । कञ्चनपुर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् । साउदले ११८ मतले अग्रता लिएका हुन् । 

Advertisement

साउदले एक हजार ३२७ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले एक हजार २०९ मत ल्याएका छन् ।  

०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा धामीसँग साउद पराजित भएका थिए ।

प्रतिक्रिया