शनिबार, जेठ ५, २०८१

सागरको मतभन्दा प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

मेरोन्यूज २०७९ मंसिर ५ गते २०:१७

काठमाडौँ । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मत गणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ ।

Advertisement

उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । दुई हजार ९५६ गणना गर्दा प्रधानमन्त्री देउवाले एक हजार ४०४ मत पाएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन् भने कर्णबहादुर मल्ल नेपाली कांग्रेस (विपी)ले ५२७ मत पाएका छन् ।

प्रतिक्रिया