मंगलबार, वैशाख ११, २०८१

प्रतिनिधिसभा निर्वाचन : कांग्रेसले खाता खोल्यो, योगेश गौचन थकाली निर्वाचित

मेरोन्यूज २०७९ मंसिर ५ गते १२:२२

काठमाडौं । योगेश गौचन थकाली प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो विजेता बनेका छन् । कांग्रेसका उम्मेदवार योगेश गौचन तीन हजार ९९२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत पाएका छन् । यहाँ सात हजार २३० मत खसेको थियो ।

नेपाली कांग्रेसका २९ वर्षीय उमेदवार योगेश नेपाली कांग्रेसका मुस्ताङ सभापति तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । मुस्ताङका पूर्वजिल्ला कार्यसमिति सचिव तथा हाल गण्डकी प्रदेश कार्यसमितिका कार्यसम्पादन समिति सदस्य योगेश युवा व्यवसायीसमेत हुन् ।

प्रतिक्रिया