बिहीबार, वैशाख १३, २०८१

रुपन्देहीमा विवाद हुँदा एक जना घाइते

मेरोन्यूज २०७९ मंसिर ४ गते १६:४०

रुपन्देही । जिल्लाको सिद्धार्थनगर ११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । 

सिद्धार्थ नगरपालिका ११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा स्थानीयबीच  विवाद सृजना भएको थियो । 

सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो।

कुटपिटबाट टाउको चोट लागेकोपछि तबरेजको भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेको छ।

विवादको कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेको थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएको थियो ।

प्रतिक्रिया