आइतबार, जेठ ६, २०८१

रुसमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु

मेरोन्यूज २०७९ मंसिर ३ गते १६:४६

काठमाडौँ । रुसको सुदूर पूर्वीसखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् ।

Advertisement

सखालिन क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले उद्धारकर्ताले अझै तीन जनाको खोजी गरिरहेको बताएका छन् ।

स्थानीय सरकारले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार अनुचीत भण्डारण र घरेलु प्राकृतिक ग्यास ट्याङ्कीको प्रयोगले विस्फोट गराएको बताएको छ ।

मस्को समयअनुसार बिहान ०५ बजे उक्त विस्फोट भएको र भवनका केही भागमा क्षति पुगेको रुसको सरकारी समाचार एजेन्सी तासले स्थानीय आपत कालीन सेवालाई उद्धृत गर्दै जनाएको छ ।

प्रतिक्रिया