आइतबार, जेठ ६, २०८१

ग्यास ट्यांकी विस्फोट हुँदा इराकमा ११ जनाको मृत्यु

मेरोन्यूज २०७९ मंसिर २ गते १८:५५

काठमाडौँ । इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानमा बिहीबार भएको ग्यास ट्यांकी विस्फोटमा ११ जनाको मृत्यु भएको छ । घटनामा १३ जना घाइते भएका छन् ।

Advertisement

गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनअनुसार सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन प्रयोग गरिने लिक्विफाइड पेट्रोलियम ग्यास ट्यांकीबाट चुहावटका कारण त्यहाँस्थित भवनमा ठूलो विस्फोट भएको थियो ।

उद्धारकर्मीले अझै चार अन्य बेपत्ता व्यक्तिको खोजी जारी राखेको बताएका छन् । हराइरहेका व्यक्ति सो विस्फोटमा भत्किएको तीन तले भवनको भग्नावशेषमुनि दबिएको विश्वास गरिएको छ ।

अबुबाकिरले उत्तरपूर्वी इराकको सुलेमानिया प्रान्तमा एक दिनका लागि सार्वजनिक शोकको घोषणा गरेका छन् ।

प्रतिक्रिया