आइतबार, जेठ ६, २०८१

एशिया-प्रशान्त समूह निर्माण गर्न चिनियाँ राष्ट्रपतिको आग्रह

मेरोन्यूज २०७९ मंसिर २ गते १६:५६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले एशिया प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एशिया-प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नु पर्ने बताएका छन् ।

Advertisement

एउटै डुङ्गामा यात्रा गर्ने यात्रुसरह एकअर्काको हेरचाह गर्दै अघि बढ्नु पर्नेमा उनले जोड थियो । २९ औँ एशिया-प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै सीले भने, ‘एशिया-प्रशान्त क्षेत्र हाम्रो घर हुनुका साथै विश्वव्यापी आर्थिक विकासको शक्ति केन्द्र हो, बितेका दशकमा यस क्षेत्रमा बलियो आर्थिक सहयोगले ‘एशिया-प्रशान्त चमत्कार’ सिर्जना गरेको छ जसको विश्वभर प्रशंसा गरिएको छ ।’

राष्ट्रपति सीले अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय कायम गर्न र शान्ति र स्थिरताको एशिया-प्रशान्त क्षेत्र निर्माण गर्न राष्ट्रलाई आग्रह गर्दै पारस्परिक सम्मान, ऐक्यबद्धता र सहयोगको महत्वलाई विशेष जोड दिन सम्मेलनमा सहभागी नेताहरूसँग आग्रह गरे ।

उनले खुलापन र समावेशिताप्रति प्रतिबद्ध रहन र एशिया-प्रशान्त क्षेत्रका सबैका लागि समृद्धि ल्याउन सामूहिक प्रतिबद्धताका लागि आह्वान गरे । एशिया-प्रशान्त सहयोगलाई रणनीतिक र दीर्घ कालीन दृष्टिकोणबाट हेर्नु पर्ने, क्षेत्रीय सहयोगको मुख्य च्यानलका रुपमा एपेकको भूमिकालाई कायम राख्नु पर्ने र एशिया-प्रशान्त सहयोगलाई सही दिशामा लैजानु पर्ने उनको जोड थियो ।

प्रतिक्रिया